Kathmandu Press

गुडिरहेको बसमा आगलागी, ३६ यात्रु सकुशल

धादिङ, कात्तिक ७ : गुडिरहेको रात्रिबसमा एकाएक आगलागी भएको छ।आज बिहान सुर्खेतबाट काठमाडौंतर्फ आउदै गरेको ना ६ ख १४७१ नम्बरको यात्रु बसमा पृथ्वी...
गुडिरहेको बसमा आगलागी, ३६ यात्रु सकुशल

धादिङ, कात्तिक ७ : गुडिरहेको रात्रिबसमा एकाएक आगलागी भएको छ।

आज बिहान सुर्खेतबाट काठमाडौंतर्फ आउदै गरेको ना ६ ख १४७१ नम्बरको यात्रु बसमा पृथ्वी राजमार्ग अन्तर्गत गजुरी गाउँपालिका १ गजुरी बजारमा एक्कासी आगलागी भएको भएको हो। बिहान २ बजे भएको आगलागीमा बसमा पूर्णरुपमा जलेको छ।

बसमा रहेका यात्रु भने सकुशल रहेका छन्। बसमा ३६ जना यात्रु सवार रहेका थिए। आगलागी सुरु हुने वित्तिकै यात्रु ओरालेकाले मानवीय क्षतिबाट जोगिएको प्रहरीले जनाएको छ।

बसमा आगो लाग्नुको कारण थाहा हुन सकेको छैन। वायरिङमा सट भएर आगो लागेको हुनसक्ने प्रहरीको अनुमान छ।

एकाएक इन्जिनबाट धुँवा निस्किने बित्तिकै चालकले बस रोकेर यात्रुलाई बाहिर निकालेका थिए। जसले गर्दा मावनीय क्षतिबाट जोगिएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: ०९:२१ बजे, आइतबार, कात्तिक ७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्