Kathmandu Press

‘शक्तिको पछाडि विकास कुद्ने परम्पराले पछाडि पर्‍यौँ’

बनेपा, कात्तिक ६ : शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले शक्तिको पछाडि विकास कुद्ने परम्परालाई कायम नै राखेकाले विकासमा पछाडि परेको बताएकी छन्। उनले न्यायोचित...
‘शक्तिको पछाडि विकास कुद्ने परम्पराले पछाडि पर्‍यौँ’

बनेपा, कात्तिक ६ : शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले शक्तिको पछाडि विकास कुद्ने परम्परालाई कायम नै राखेकाले विकासमा पछाडि परेको बताएकी छन्। उनले न्यायोचित वितरण र योजनाबद्ध विकासको कामलाई अगाडि बढाउन आवश्यक रहेको बताइन्।

नेकपा (एकीकृत समाजवादी) धुलिखेल नगर कमिटीले आज आयोजना गरेको दिपावली, छठ र नेपाल सम्बत्का अवसरमा आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा सम्बोधन गर्दै एकीकृत समाजवादीका सचिवसमेत रहेकी उनले विकासका योजनाविना अनुसन्धान शक्तिशाली मान्छेले बोलेका भरमा विकास हुँदै आएकाले जीवनस्तरमा पार्ने फरकपनका बारेमा ध्यान नपुगेको उल्लेख गरिन्।

उनले अहिले पनि मान्छेले सुने जानेका आधारमा लोकप्रियताका लागि स्मार्ट शहर भन्ने नै थाहा नभएर पनि त्यसैको गफ गरेर आफू भएका बेलामा बनाउनुपर्छ भनेर उपभोक्ता समिति बनाइहाल्ने र गरिहाल्ने स्थितिले समग्र देशको विकासको मोडालिटी शक्तिका पछाडि कुद्ने मात्रै भएको बताइन्। 

अबको दिनमा योजना आयोगमा प्रविष्ट भएका योजनामा मात्रै बजेटको विनियोजन भयो भने समयमा नै योजना पूरा हुने र त्यसको लाभांश छिट्टै नागरिक पाउने अवस्था सिर्जना गर्नेतर्फ आफुले सोच बनाएको मन्त्री झाँक्रीले बताइन। 
    
सो क्रममा उनले बनिबनाउ पार्टीबाट विद्रोह गरी नयाँ पार्टी स्थापना गरेकाले नयाँ पार्टी निर्माणका काममा कठिन यात्रा गरिरहेको जनाउँदै पार्टीमा लामबद्ध भएकालाई आफुहरुले तय गरेको यात्रालाई सफल पार्न निरन्तर लागिरहन आग्रह गरिन्। 

कार्यक्रममा वाग्मती प्रदेशसभा सदस्य लक्ष्मण लम्साल, वसुन्धरा हुमागाईं, नेपाली कांग्रेसका नगर सभापति रमेश हुमागाईं र नेकपा (माओवादी केन्द्र)का नगर कमिटी अध्यक्ष दिनदयाल श्रेष्ठ लगायतले शुभकामना मन्तव्य राखेका थिए।

प्रकाशित मिति: १८:४२ बजे, शनिबार, कात्तिक ६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्