Kathmandu Press

एमालेका विभिन्न कमिटीमा अधिवेशन

काठमाडौं, कात्तिक ६ : नेकपा (एमाले) उपत्यका विशेष प्रदेश कमिटीअन्तर्गतका चार विशेष जिल्ला कमिटी इलाका र शाखा अधिवेशनमा जुुटेका छन्। सो प्रदेश कमिटीअन्तर्गत...
एमालेका विभिन्न कमिटीमा अधिवेशन

काठमाडौं, कात्तिक ६ : नेकपा (एमाले) उपत्यका विशेष प्रदेश कमिटीअन्तर्गतका चार विशेष जिल्ला कमिटी इलाका र शाखा अधिवेशनमा जुुटेका छन्। सो प्रदेश कमिटीअन्तर्गत पेसागत, मजदुर, उद्योगी व्यवसायी र युवा विद्यार्थी विशेष गरी चार कमिटी रहेका छन्। शाखा अधिवेशन आजदेखि सुरु भएको छ भने इलाका अधिवेशन यही कात्तिक ९ गते हुनेछ।

सो प्रदेश कमिटीका अध्यक्ष सुजिता शाक्यका अनुसार पेशागत विशेष जिल्ला कमिटीअन्तर्गत ७६ शाखा कमिटी तथा १६ इलाका तथा युवा विद्यार्थी विशेष जिल्ला कमिटीअन्तर्गत ३५ शाखा तथा १२ इलाका कमिटीको अधिवेशन हुनेछ। 

यस्तै उद्योगी व्यवसायी विशेष जिल्ला कमिटीअन्तर्गत ११ शाखा अधिवेशन तथा दुई इलाका कमिटीको अधिवेशन हुनेछ। पर्यटन इलाका तथा शैक्षिक परामर्श व्यवसायी शाखा अधिवेशन सम्पन्न भइसकेको छ। मजदुर विशेष जिल्ला कमिटीअन्तर्गत ४० शाखा ११ इलाका कमिटीको अधिवेशन हुनेछ। एमालेको केन्द्रीय कार्यतालिकाबमोजिम आज देशभर वडा अधिवेशन भएका छन्।

प्रकाशित मिति: १८:३३ बजे, शनिबार, कात्तिक ६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्