Kathmandu Press

जानकी अटोमोबाइल्समा तेजनारायण साह

धनुषा, कात्तिक ६ : जानकी अटोमोबाइल्स एसोसिएसन अफ नेपालको अध्यक्षमा पुनः तेजनारायण साह निर्वाचित भएका छन्।साह यसअगाडि तदर्थ समिति अध्यक्ष थिए। आज आयोजित प्रथम...
जानकी अटोमोबाइल्समा तेजनारायण साह

धनुषा, कात्तिक ६ : जानकी अटोमोबाइल्स एसोसिएसन अफ नेपालको अध्यक्षमा पुनः तेजनारायण साह निर्वाचित भएका छन्।

साह यसअगाडि तदर्थ समिति अध्यक्ष थिए। आज आयोजित प्रथम साधारणसभाले साहको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो।

समितिको उपाध्यक्षमा केदार अग्रवाल, महासचिवमा किशोर भट्टराई, कोषाध्यक्षमा सञ्जितराज श्रेष्ठ र सचिवमा सुनिलकुमार सिंह चयन भएका छन्।

सदस्यमा बजरङ्ग यादव, सुरेन्द्र साह, प्रदीप साह र चन्द्रशेखर अग्रवाल रहेका छन्र। निर्वाचित भइसकेपछि प्रदेश २ को अटोमोबाइल क्षेत्रको विकास तथा व्यावसायिक हकहितका क्षेत्रमा आफूले काम गर्ने नवनिर्वाचित अध्यक्ष साहले प्रतिबद्धता व्यक्त गरे। 

प्रकाशित मिति: १७:५८ बजे, शनिबार, कात्तिक ६, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्