Kathmandu Press

मेगा क्यापिटल मार्केट्सको वार्षिक साधारण सभा कात्तिक २६ गते

काठमाडौं, कात्तिक ६ : मेगा क्यापिटल मार्केट्स लिमिटेडको वार्षिक साधारण सभा कात्तिक २६ गते हुने भएको छ।कम्पनीको असोज २५ गते बसेको सञ्चालक समिति बैठकले...
मेगा क्यापिटल मार्केट्सको वार्षिक साधारण सभा कात्तिक २६ गते

काठमाडौं, कात्तिक ६ : मेगा क्यापिटल मार्केट्स लिमिटेडको वार्षिक साधारण सभा कात्तिक २६ गते हुने भएको छ।

कम्पनीको असोज २५ गते बसेको सञ्चालक समिति बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो। सभा काठमाडौंको त्रिपुरेश्वरस्थित सांकेत कम्प्लेक्समा दिउँसो ३ बजे सभा सुरु हुने कम्पनीले जनाएको छ।

सञ्चालक समितिद्वारा प्रस्तावित चुक्ता पुँजीको १६ प्रतिशत नगद लाभांश (करसहित) शेयरधनीहरुलाई वितरण गर्ने प्रस्ताव सभाले पारित गर्ने जनाइएको छ।

सभाले आव २०७७÷७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र २०७८÷७९ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने, कम्पनीको प्रबन्धपत्र र नियमावली संशोधन गर्ने प्रस्ताव पनि पारित गर्ने बताइएको छ।

प्रकाशित मिति: १६:०० बजे, शनिबार, कात्तिक ६, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्