Kathmandu Press

दाङमा टाटा सुमो गाडी दुर्घटना हुँदा आठजना घाइते

दाङ, कात्तिक ६ : दाङमा टाटा सुमो गाडी दुर्घटना हुँदा आठजना घाइते भएका छन्।बिहान प्युठानको बिजुवारबाट दाङको सतबरियातर्फ जाँदै गरेको रा१ज ७३७ नम्बरको...
दाङमा टाटा सुमो गाडी दुर्घटना हुँदा आठजना घाइते

दाङ, कात्तिक ६ : दाङमा टाटा सुमो गाडी दुर्घटना हुँदा आठजना घाइते भएका छन्।

बिहान प्युठानको बिजुवारबाट दाङको सतबरियातर्फ जाँदै गरेको रा१ज ७३७ नम्बरको टाटा सुमो आज (शनिबार) लमही नगरपालिका–७ देउखुरीमा दुर्घटनामा परेको थियो।

Hardik ivf

दुर्घटनामा परी १७ वर्षीया मीना घर्ती, १५ वर्षीया रबिना घर्ती, १० वर्षीय विजय घर्ती, ३५ वर्षीया जिता घर्ती, २२ वर्षीया कुमारी राना, वर्ष २२ कै लक्ष्मी खड्का, ३ वर्षका आरस खड्का, ५३ वर्षीया दिलसरी राना र लमही ६ देउपुर निवासी वर्ष ३६ को तुल्सीराम न्यौपाने घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

उनीहरूमध्ये एकको अवस्था गम्भीर रहेको जनाइएको छ। घाइतेहरुको लमहीमा नै उपचार भइरहेको प्रहरीको  भनाइ छ।

प्रकाशित मिति: १५:३७ बजे, शनिबार, कात्तिक ६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्