Kathmandu Press

पूर्वराष्ट्रपति केनेडी हत्यासँग सम्बन्धित थप कागजातहरू सार्वजनिक गर्न केही समय लाग्ने

वासिङ्टन, कार्तिक ६ : ह्वाइट हाउसले शुक्रबार अमेरिकी पूर्वराष्ट्रपति जोन एफ केनेडीको हत्यासँग सम्बन्धित लामो वर्गीकृत कागजातहरू जारी गर्न ढिलाइ गर्ने बताएको छ।राष्ट्रपति...
पूर्वराष्ट्रपति केनेडी हत्यासँग सम्बन्धित थप कागजातहरू सार्वजनिक गर्न केही समय लाग्ने

वासिङ्टन, कार्तिक ६ : ह्वाइट हाउसले शुक्रबार अमेरिकी पूर्वराष्ट्रपति जोन एफ केनेडीको हत्यासँग सम्बन्धित लामो वर्गीकृत कागजातहरू जारी गर्न ढिलाइ गर्ने बताएको छ।

राष्ट्रपति जो बाइडेनले जनाएअनुसार उक्त घटना सँग सम्बन्धित बाँकी फाइलहरू तत्काललाई पूर्णरूपमा सार्वजनिक गर्नबाट रोकिने छ। अर्को वर्ष डिसेम्बर १५ सम्ममा टेक्सासको डलासमा केनेडीको हत्या भएको ६० बर्षपछि उक्त घटनासँग सम्बन्धित कागजातहरू सार्वजनिक गर्ने तयारी गरिएको छ।

सन् २०१८ मा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले थुप्रै गोप्य फाइलहरू सार्वजनिक गरे पनि सुरक्षाको कारण देखाउँदै अन्य कागजात सार्वजनिक गर्नबाट रोकिएको थियो।

Hardik ivf

ह्वाइट हाउसले जनाएअनुसार राष्ट्रिय संग्रहकर्तालाई त्यो प्रतिक्रियामा समीक्षा गर्नका लागि यथेष्ट समय चाहिने भएपनि कोरोना महामारीले उक्त कामलाई प्रभावित पारेको छ।

राष्ट्रपति बाइडेनले उक्त कागजातहरूको सार्वजनिकीकरणमा ढिलाइ सैन्य रक्षा, खुफिया अपरेशन, कानून प्रवर्तन आदिका कारणले भएको बताएका छन् ।  

छयालीस वर्षीय पूर्व राष्ट्रपतिको हत्या एक गहिरो राष्ट्रिय त्रासदी थियो जुन अमेरिकी इतिहासमा र त्यस भयानक दिनमा जीवित रहेका धेरै अमेरिकीहरूको सम्झनामा प्रतिध्वनित भएको छ बताइएको छ।

तत्कालीन सर्वोच्च अदालतका प्रधानन्यायाधीश अर्ल वारेनको नेतृत्वमा भएको १० महिनाको अनुसन्धानले सोभियत युनियनमा बसेका पूर्व मरीन ली हार्वे ओसवाल्डले केनेडीको गाडीमा गोली चलाएको निष्कर्ष निकालेको थियो।

तर आयोगको अनुसन्धान अधुरो भएकोमा आलोचना गरिएको थियो, पछि कङ्ग्रेसको समितिले केनेडीलाई सम्भवतः षड्यन्त्रको परिणामको रूपमा मारिएको निष्कर्ष निकालेको थियो।

अमेरिकी कानूनअनुसार हत्याका सबै सरकारी अभिलेखहरू जनतालाई पूर्ण रूपमा सूचित पार्नका लागि खुलासा गर्न आवश्यक छ।

 

प्रकाशित मिति: १५:२२ बजे, शनिबार, कात्तिक ६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्