Kathmandu Press

भारतमा १२ पदयात्री मारिए

नयाँ दिल्ली, कात्तिक ६ : हिमाञ्चल प्रदेश र उत्तराखण्डको बीचमा हिउँमा फसेर दुई छुट्टाछुट्टै टोलीका कम्तीमा १२ पदयात्रीको मृत्यु भएको अधिकारीहरूले शनिबार बताएका...
भारतमा १२ पदयात्री मारिए

नयाँ दिल्ली, कात्तिक ६ : हिमाञ्चल प्रदेश र उत्तराखण्डको बीचमा हिउँमा फसेर दुई छुट्टाछुट्टै टोलीका कम्तीमा १२ पदयात्रीको मृत्यु भएको अधिकारीहरूले शनिबार बताएका छन्। उद्धार टोलीले शव निकालेर बेपत्ताहरुको खोजी कार्य तीब्र पारेको छ।

हिमाञ्चल प्रदेशको आपत्कालीन उद्धार केन्द्रका एक अधिकारीले  दिएको जानकारी अनुसार बिहीबार हराएका पर्यटकहरूक बारेमा प्राप्त जानकारी अनुसार हिमाञ्चल प्रदेशबाट दुई शव र उत्तराखण्ड बाट पाँच शव र दुई घाइतेलाई बाहिर निकालिएको छ भने अन्य दुई जना अझै बेपत्ता छन्।

यसैबीच, उत्तराखण्ड राज्य प्रकोप व्यवस्थापन प्राधिकरणका अधिकारीहरूले त्याहाँको माथिल्लो भागमा बेपत्ता पारिएका अर्को समूहबाट पाँच जनाको शव निकालिएको जानकारी दिएका छन् । मृत्यु हुनेमा भारतीय नागरिक रहेको बताइएको छ।

 

प्रकाशित मिति: १५:१६ बजे, शनिबार, कात्तिक ६, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्