Kathmandu Press

बेवारिसे बम विस्फोट हुँदा घाँस काट्न गएका दिदीभाइ घाइते

सुर्खेत, कात्तिक ६ : सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–७ कटकुवा सामुदायिक वनमा बेवारिसे बम विस्फोट हुँदा दुईजना घाइते भएका छन्।आज (शनिबार) बिहान ११ बजेतिर बम...
बेवारिसे बम विस्फोट हुँदा घाँस काट्न गएका दिदीभाइ घाइते

सुर्खेत, कात्तिक ६ : सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–७ कटकुवा सामुदायिक वनमा बेवारिसे बम विस्फोट हुँदा दुईजना घाइते भएका छन्।

आज (शनिबार) बिहान ११ बजेतिर बम विस्फोट हुँदा घास काट्न गएका दैलेख गुराँस गाउँपालिका–६ की २१ वर्षीया लीला नेपाली र उनका भाइ १४ वर्षीय नरेश परियार घायते भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

उनीहरूको स्थानीय देउती अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार दुवैको अवस्था सामान्य छ।

घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

प्रकाशित मिति: १४:३७ बजे, शनिबार, कात्तिक ६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्