Kathmandu Press

ड्रोन आक्रमणमा अल कायदाका नेता मारिएको अमेरिकी सेनाको दाबी

वासिङ्टन, कात्तिक ६ : अमेरिकी सेनाले उत्तर–पश्चिमी सिरियामा शुक्रबार हवाई हमलामा अल कायदाका एक वरिष्ठ नेताको मृत्यु भएको जनाएको छ।अमेरिकी केन्द्रीय कमाण्डका प्रवक्ता आर्मी...
ड्रोन आक्रमणमा अल कायदाका नेता मारिएको अमेरिकी सेनाको दाबी

वासिङ्टन, कात्तिक ६ : अमेरिकी सेनाले उत्तर–पश्चिमी सिरियामा शुक्रबार हवाई हमलामा अल कायदाका एक वरिष्ठ नेताको मृत्यु भएको जनाएको छ।

अमेरिकी केन्द्रीय कमाण्डका प्रवक्ता आर्मी मेजर जोन रिग्स्बीले एक विज्ञप्तिमा अब्दुल हमिद अल–मातार ड्रोन हमलामा मारिएको बताएका छन्।

रिग्सबीले भनेका छन्, ‘अल-मतरको हत्याले अल–कायदाको अमेरिकी नागरिकहरू, हाम्रा साझेदारहरू र निर्दोष नागरिकहरूलाई खतरामा पार्ने, वैश्विक हमला गर्ने र थप षड्यन्त्र गर्ने क्षमतालाई बाधा पुर्‍याउनेछ।’

उनले अल कायदाले सिरियाको हवाला दिँदै सिरिया, इराक र अन्य क्षेत्रमा पनि धम्कीका लागि एक आधारका रूपमा प्रस्तुत गर्ने गरेको बताए।

उक्त ड्रोन हमला दक्षिणी सिरियामा अमेरिकी सैन्य चौकीमा ड्रोन र रकेटहरू समावेश गरीएको समन्वित आक्रमणमा परेको दुई दिन पछिभएको हो। 

अमेरिकी अधिकारीहरूका अनुसार त्यहाँ तैनाथ कुनै अमेरिकी सैनिक घाइते भएका वा मारिएका छैनन्।

प्रकाशित मिति: १४:२४ बजे, शनिबार, कात्तिक ६, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्