Kathmandu Press

पार्टीलाई बलियो बनाउन गुटको अन्त्य गरौँ : नेता केसी

काठमाडौं, कात्तिक ६ : नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले पार्टीलाई बलियो बनाउन पार्टीभित्रको गुटलाई अन्त्य गर्नुपर्ने बताएका छन्।्नेपाली कांग्रेस नुवाकोटका सभापति जगदीश्वरनरसिंह केसीले...
पार्टीलाई बलियो बनाउन गुटको अन्त्य गरौँ : नेता केसी

काठमाडौं, कात्तिक ६ : नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले पार्टीलाई बलियो बनाउन पार्टीभित्रको गुटलाई अन्त्य गर्नुपर्ने बताएका छन्।

नेपाली कांग्रेस नुवाकोटका सभापति जगदीश्वरनरसिंह केसीले विजयादशमी, दीपावली तथा छठ पर्वका अवसरमा आज यहाँ आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा नेता केसीले कांग्रेस भित्रको विवाद आपसमा मिलेरै समाधान गर्नुपर्ने बताए। ‘नेताभन्दा नीति र व्यक्तिभन्दा विचार ठूलो हुन्छ,’ उनले भने। महाधिवेशनमा आफ्नो मतको सही सदुपयोग गर्न केसीले आग्रह गरे।   

लोकतन्त्र र पार्टीको आदर्श तथा सिद्धान्तलाई आत्मसात् गरेर अगाडि बढ्नुपर्नेमा नेता केसीले जोड दिए। कांग्रेसभित्र हार्नेले जित्नेको सम्मान गर्ने वातावरण निर्माण गरे मात्र पार्टी बलियो हुने उनको भनाइ थियो।

कांग्रेस नुवाकोटका सभापति केसीले पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धालाई आम निर्वाचनमा देखाउन नहुने बताए। पार्टीलाई बचाउने जिम्मा आम कार्यकर्ताको भएको उनको भनाइ थियो । सभापति केसीले पार्टीलाई एकजुट भएर अगाडि बढाउनुपर्ने कुरमा जोड दिँदै निर्वाचनमा सक्षम व्यक्तिलाई टिकट उपलब्ध गराउनुपर्ने उल्लेख गरे।

 

प्रकाशित मिति: १४:१२ बजे, शनिबार, कात्तिक ६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्