Kathmandu Press

बाढीपहिरोपीडितलाई तत्काल राहतको व्यवस्था गर्न ओलीकाे माग

काठमाडौं, कात्तिक ६ : एमाले केपी ओलीले बाढीपहिरोपीडितलाई तत्काल राहतको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।आज (शनिबार) थापाथलीस्थित केन्द्रीय कार्यालयबाट देशभरिका वडा कमिटीको भर्चुअल...
बाढीपहिरोपीडितलाई तत्काल राहतको व्यवस्था गर्न ओलीकाे माग

काठमाडौं, कात्तिक ६ : एमाले केपी ओलीले बाढीपहिरोपीडितलाई तत्काल राहतको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।

आज (शनिबार) थापाथलीस्थित केन्द्रीय कार्यालयबाट देशभरिका वडा कमिटीको भर्चुअल रूपमा एकैसाथ उद्घाटन गर्दै ओलीले बेमौसमी वर्षाका कारण आएको बाढीपहिरोमा परी मृत्यु भएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गरे। उनले घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरे।

उनले बेमौसमी वर्षाका कारण पीडामा परेका नागिरकलाई राहत तथा उद्धारको कार्यमा संलग्न सबैलाई धन्यवादसमेत दिए।

वर्षाका कारण आज सम्पन्न हुन नसक्ने वडा अधिवेशनहरू परिसिथति मिलाएर छिट्टै गर्न उनले सम्बन्धित कमिटीहरूलाई निर्देशन दिए।

प्रकाशित मिति: १३:४० बजे, शनिबार, कात्तिक ६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्