Kathmandu Press

वर्तमान सरकार पूर्ण कार्यकालसम्म चल्छ : पौडेल

गोदावरी, कात्तिक ६ : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान सरकार पूर्ण कार्यकालसम्म चल्ने बताएका छन्।धनगढीको गेटा विमानस्थलमा आज (शनिबार) आयोजित पत्रकार सम्मेलनमा...
वर्तमान सरकार पूर्ण कार्यकालसम्म चल्छ : पौडेल

गोदावरी, कात्तिक ६ : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान सरकार पूर्ण कार्यकालसम्म चल्ने बताएका छन्।

धनगढीको गेटा विमानस्थलमा आज (शनिबार) आयोजित पत्रकार सम्मेलनमा उनले वर्तमान सरकारले पूर्ण कार्यकाल बिताएरै निर्वाचन गर्ने जिकिर गरेका हुन्।

Hardik ivf

नेपाली कांग्रेस ‘अर्ली इलेक्सन’को पक्षमा नभएको र यो संविधानविपरीत हुने चर्चा गर्दै नेता पौडेलले संविधानमा ‘अर्ली इलेक्सन’बारे उल्लेख नभएकाले छिटै चुनाव हुन नसक्ने बताए।

संविधान जोगाउन आफूहरु अदालत गएको र अदालतको निर्णयले संसद्को आयु लम्बिएको जाकारी दिँदै उनले संविधानको रक्षाका लागि सरकार बाँकी समयसम्म चल्नैपर्छ भने। नेता पौडेलले  एमसिसी पास गर्ने अधिकार संसद्लाई रहेकाले आफू सांसद नभएकाले त्यो विषयमा बोल्न नमिल्ने बताए। 

नेपाली कांग्रेसको महाधिवेशनका सम्बन्धमा सोधिएको प्रश्नमा कतिपय जिल्लामा धाँधली गरिएकाले त्यसलाई पुनः विचार गरेर अघि बढ्नुको विकल्प नभएको उनको भनाइ थियो।

नेता पौडेलले बाढी र पहिराका कारण सुदूरपश्चिममा भएको भौतिक एवं मानवीय क्षतिप्रति दुःख व्यक्त गर्दै पीडित परिवारलाई राहतको व्यवस्था तत्काल गरिनुपर्नेमा जोड दिए।

प्रकाशित मिति: १३:२४ बजे, शनिबार, कात्तिक ६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्