Kathmandu Press

ओलीले गरे देशभरका वडा कमिटीको अधिवेशन उद्घाटन

काठमाडौं, कात्तिक ६ : एमाले अध्यक्ष केपी ओलीले देशभरका वडा कमिटीको अधिवेशन उद्घाटन गरेका छन्। आज (शनिबार) मध्याह्न १२ बजे थापाथलीस्थित केन्द्रीय कार्यालयबाट भर्चुअल...
ओलीले गरे देशभरका वडा कमिटीको अधिवेशन उद्घाटन

काठमाडौं, कात्तिक ६ : एमाले अध्यक्ष केपी ओलीले देशभरका वडा कमिटीको अधिवेशन उद्घाटन गरेका छन्। आज (शनिबार) मध्याह्न १२ बजे थापाथलीस्थित केन्द्रीय कार्यालयबाट भर्चुअल माध्यमबाट ओलीले वडा कमिटी अधिवेशन उद्घाटन गरेका हुन्। 

उद्घाटनटनका अवसरमा बोल्दै उनले ऐतिहासिक रूपमा पहिलो पटक एकै ठाउँबाट देशभरका वडा कमिटीको अधिवेशन आरम्भ गरिएको बताए। उनले सर्वसम्मत रूपमा अधिवेशन सम्पन्न हुने विश्वास पनि व्यक्त गरे।

उनले सर्वसम्मत नेतृत्व चयनका लागि सबैलाई आआफ्नो तर्फबाट सकारात्मक भूमिका निर्वाह गर्न ओलीले आग्रह गरे।

उद्घाटनका क्रममा गरिएको सम्बोृधनमा उनले १० बुँदे सहमतिका पक्षधरहरूलाई लक्षित गरेर पार्टीका अन्तरिक समस्यालाई बाहिर लगेर दुनियाँ नहँसाउन पिन आग्रह गरे। उनले अहिले पार्टीमा कुनै समस्या नभएको समेत दाबी गरे।

व्यवस्थापकीय कौशलताका कारण एमाले उन्नत पार्टी भएको जिकिर ओलीले गरे। त्यसकारण देशव्यापी रुपमा एकैपटक वडा अधिवेशन गर्न एमाले सम्भव भएको उनको भनाइ थियो।

प्रकाशित मिति: १२:४७ बजे, शनिबार, कात्तिक ६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्