Kathmandu Press

भारतमा कोरोनाका १६ हजार बढी नयाँ संक्रमित थपिए

नयाँ दिल्ली, कात्तिक ६ : भारतमा कोभिड १९ संक्रमितहरुको संख्या शनिबार ३४,१५९,५६२ पुगेको छ। पछिल्लो २४ घण्टामा देशभर १६,३२६ नयाँ संक्रमितहरु फेला परेका...
भारतमा कोरोनाका १६ हजार बढी नयाँ संक्रमित थपिए

नयाँ दिल्ली, कात्तिक ६ : भारतमा कोभिड १९ संक्रमितहरुको संख्या शनिबार ३४,१५९,५६२ पुगेको छ। पछिल्लो २४ घण्टामा देशभर १६,३२६ नयाँ संक्रमितहरु फेला परेका छन्।

संघीय स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार शुक्रबार बिहानदेखि कोभिड महामारीका कारण ६६६ जनाले ज्यान गुमाएका छन् यो सँगै मृतकको संख्या ४५३,७०८ पुगेको छ।

Hardik ivf

संक्रमणबाट ज्यान गुमाउनेमा दक्षिण भारतको केरला प्रदेशका बढी रहेको मन्त्रालयले जनाएको छ।

यसैगरी हालसम्म ३३,५३२,१२६ जना सङ्क्रमित उपचारपछि निको भएर
 अस्पतालबाट डिस्चार्ज भएका छन्, जसमध्ये पछिल्लो २४ घण्टामा १७ हजार ६७७ जना छन्।

 

प्रकाशित मिति: १२:११ बजे, शनिबार, कात्तिक ६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्