एक लाख डोज फाइजरको खोप सोमबार नेपाल आइपुग्ने
काठमाडौं, कात्तिक ५ : अमेरिकी कम्पनी फाइजर–बायोएनटेकले उत्पादन गरेको कोभिड–१९ विरुद्धको फाइजर खोप सोमबार नेपाल आइपुग्ने भएको छ ।स्वास्थ्य सेवा विभागको खोप महाशाखा...
काठमाडौं, कात्तिक ५ : अमेरिकी कम्पनी फाइजर–बायोएनटेकले उत्पादन गरेको कोभिड–१९ विरुद्धको फाइजर खोप सोमबार नेपाल आइपुग्ने भएको छ ।
स्वास्थ्य सेवा विभागको खोप महाशाखा प्रमुख सागर दाहालका अनुसार कोभ्याक्स सुविधाअन्तर्गत १ लाख डोज फाइजर खोप सोमबार नेपाल आइपुग्ने छ ।
फाइजरको खोप कात्तिक २८ गतेदेखि लगाउने गरी तयारी भइरहेको स्वास्थ्य सेवा विभागले जनाएको छ । सरकारले विशेषतः १२ वर्षभन्दा माथि उमेर समूहका किशोर किशोरीलाई लक्षित गरी यो खोप ल्याउन लागेको हो ।
तर सोमबार आइपुग्ने खोपको मात्रा कम भएकाले १२ वर्षभन्दा माथिका जुनसुकै उमेर समूहका क्यान्सर, मुटु, मधुमेह, दम, एचआईभी जस्ता दीर्घरोगीलाई प्राथमिकतामा राखेर खोप दिने तयारी सरकारको छ ।
प्रकाशित मिति: २०:५५ बजे, शुक्रबार, कात्तिक ५, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार




-1757142095.jpg)




-1757142095.jpg)

