Kathmandu Press

एक अर्ब डोज कोभिड खोप वितरणमा सफलताका लागि देउवाले दिए मोदीलाई बधाइ

प्रधानमन्त्री शेरबहादुर देउवाले भारतमा एक अर्ब डोज कोभिड–१९ विरुद्धको खोप वितरण सम्पन्न गरेकामा भारतीय समकक्षी नरेन्द्र मोदीलाई बधाइ दिएका छन्।
एक अर्ब डोज कोभिड खोप वितरणमा सफलताका लागि देउवाले दिए मोदीलाई बधाइ
फाइल तस्बिर

काठमाडौं, कात्तिक ५ : प्रधानमन्त्री शेरबहादुर देउवाले भारतमा एक अर्ब डोज कोभिड–१९ विरुद्धको खोप वितरण सम्पन्न गरेकामा भारतीय समकक्षी नरेन्द्र मोदीलाई बधाइ दिएका छन्।

सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री देउवाले मोदीलाई बधाइ ज्ञापन गरेका हुन् । उक्त प्रगतिबाट भारतका छिमेकी मुलुकहरूमा पनि कोभिड–१९ बाट नागरिकको सुरक्षामा मद्दत पुग्ने विश्वास प्रधानमन्त्री देउवाको छ ।

‘भारतमा एक अर्ब कोभिड–१९ खोप वितरण गर्न सफल हुनुभएकामा प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाइ छ,’ प्रधानमन्त्री देउवाले भनेका छन्, ‘यो उल्लेखनीय उपलब्धी भारतका छिमेकी र नजिकका अन्य मुलुकमा पनि कोभिड–१९ बाट सुरक्षा सुनिश्चित गर्न मद्दत पुग्नेछ।’

प्रधानमन्त्री देउवाले कोभिड–१९ विरुद्ध लड्न नेपाललाई निरन्तर कोभिड खोपलगायत सहायता उपलब्ध गराएकामा मोदीलाई धन्यवाद पनि ज्ञापन गरेका छन् ।

प्रकाशित मिति: २०:३१ बजे, शुक्रबार, कात्तिक ५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्