Kathmandu Press

बाढीपहिरो प्रभावितलाई सुदूरपश्चिम सरकारले राहत बाँड्ने

काठमाडौं, कात्तिक ५ : सुदूरपश्चिम सरकारले भोलि (शनिबार) देखि बाढीपहिरो प्रभावित क्षेत्रमा राहत बाँड्ने भएको छ।हेलिकोप्टरले शनिबार प्रदेशका ७ जिल्लामा सरकारको राहत सामग्री...
बाढीपहिरो प्रभावितलाई सुदूरपश्चिम सरकारले राहत बाँड्ने

काठमाडौं, कात्तिक ५ : सुदूरपश्चिम सरकारले भोलि (शनिबार) देखि बाढीपहिरो प्रभावित क्षेत्रमा राहत बाँड्ने भएको छ।

हेलिकोप्टरले शनिबार प्रदेशका ७ जिल्लामा सरकारको राहत सामग्री लिएर जाने सरकारकी प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशीले जानकारी दिइन्।

क्षतिको विवरण संकलन गरिसकेको बताउँदै उनले शनिबार बिहान राहत लिएर जाने बताइन्। एकद्वार प्रणालीबाट राहत वितरणका लागि मन्त्री जोशीले प्रदेशमा कार्यरत गैरसरकारी संस्थाका प्रतिनिधिसँग छलफल गरेकी छन्।

गत आइतबारदेखिको अविरल वर्षाका कारण आएको बाढी तथा पहिरोले सुदूरपश्चिम प्रदेशमा हालसम्म ३४ जनाको मृत्यु भएको छ भने १७ जना घाइते र २२ जना बेपत्ता छन्।

प्रकाशित मिति: १९:१४ बजे, शुक्रबार, कात्तिक ५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्