खोलाले बगाएकी ७ वर्षीया बालिकाको शव फेला

अछाम, कात्तिक ५ : ढकारी गाउँपालिका ३ नवागाउँस्थित चुथी खोलाले बगाई बेपत्ता भएकी ७ वर्षीया वालिका मैसरा थापाको शव फेला परेको छ।
गर्सेबाट घरतर्फ फर्किने क्रममा कात्तिक २ गते उक्त खोलाले बगाउँदा बेपत्ता भएकी उनको खोजी गर्ने क्रममा घटनास्थलदेखि करिब ८ किलोमिटर टाढा मंगलसैन नगरपालिका १३ बुढासैनस्थित सोही खोलाको किनारमा शुक्रबार शव फेला परेको हो।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
प्रकाशित मिति: १८:४९ बजे, शुक्रबार, कात्तिक ५, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार









-(86)-1764936079.jpg)


-1764760320.jpg)