Kathmandu Press

रुसी राष्ट्रपतिसँग इजरायली प्रधानमन्त्रीले भेटवार्ता गर्ने

मस्को, कात्तिक ५  : इजरायलका प्रधानमन्त्री नफ्ताली बेनेट शुक्रबार रुस आइपुग्ने भएका छन्।  प्रधानमन्त्री बेनेटको राष्ट्रपति भ्लादिमिर पुटिनसँग पहिलो पटकको भेटवार्ता इरान केन्द्रित हुने...
रुसी राष्ट्रपतिसँग इजरायली प्रधानमन्त्रीले भेटवार्ता गर्ने

मस्को, कात्तिक ५  : इजरायलका प्रधानमन्त्री नफ्ताली बेनेट शुक्रबार रुस आइपुग्ने भएका छन्।  

प्रधानमन्त्री बेनेटको राष्ट्रपति भ्लादिमिर पुटिनसँग पहिलो पटकको भेटवार्ता इरान केन्द्रित हुने अपेक्षा गरिएको छ ।

Hardik ivf

बेनेटको विमान ‘ब्ल्याक सि’ सहर सोचीमा अवतरणपछि यी दुई नेताबीच भेटवार्ता हुने बताइएको छ। बेनेटले गत जुनमा प्रधानमन्त्री पद सम्हालेका थिए।

यसअघि लगातार १२ वर्षसम्म बेन्जामिन नेतान्याहु सत्तामा रहेका थिए। उनको पनि राष्ट्रपति पुटिनसँग राम्रो सम्बन्ध रहेको थियो।

इजरायल र रुसबीचको सम्बन्ध देशको विदेशनीति एक महत्वपूर्ण विषय भएको प्रधानमन्त्री बेनेटले बताएका छन्। गत हप्ता बेनेटको कार्यालयले रुसको भ्रमणका क्रममा इरानको परमाणु कार्यक्रमबारे छलफल गर्ने जनाएको थियो।

प्रकाशित मिति: १६:४६ बजे, शुक्रबार, कात्तिक ५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्