Kathmandu Press

ज्वरो नघटेपछि योगेश भट्टराई वीर अस्पताल भर्ना

काठमाडौं, कात्तिक ५ : एमाले सचिव एवं प्रभार विभाग प्रमुख योगेश भट्टराई अस्वस्थ भएका छन्। सचिव भट्टराईको स्वकीय सचिव प्रेम गुरागाईंले सामाजिक सञ्जालमार्फत त्यसबारे...
ज्वरो नघटेपछि योगेश भट्टराई वीर अस्पताल भर्ना

काठमाडौं, कात्तिक ५ : एमाले सचिव एवं प्रचार विभाग प्रमुख योगेश भट्टराई अस्वस्थ भएका छन्। 

सचिव भट्टराईको स्वकीय सचिव प्रेम गुरागाईंले सामाजिक सञ्जालमार्फत त्यसबारे जानकारी गराएका हुन्। उच्च ज्वरो आएको र कम नभएपछि उनलाई वीर अस्पताल भर्ना गरिएको उनले जनाएका छन् ।

Hardik ivf

विगत केही दिनदेखि उच्च ज्वरोको कारण घरमै आराम गरिरहेका भट्टराईलाई ज्वरो नघटेपछि अस्पताल भर्ना गरिएको हो ।

‘नेकपा  एमाले सचिव प्रतिनिधिसभा सदस्य योगेश भट्टराई विगत केही दिनदेखि उच्च ज्वरोका कारण घरमै आराम गरिरहनुभएको थियो। उच्च ज्वरो कम नभएपछि आज दिउँसोबाट उहाँ वीर अस्पतालमा भर्ना हुनुभएको छ,’  गुरागाईंले फेसबुकमा लेखेका छन्।

चिकित्सकको सल्लाहअनुसार ७ दिनसम्म भेटघाट पूर्ण रुपमा बन्द गरिएको गुरागाईंले जनाएका छन्।

प्रकाशित मिति: १६:४१ बजे, शुक्रबार, कात्तिक ५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्