Kathmandu Press

कालीगण्डकी किनारमा दुई पुरुषको शव फेला

रामपुर, कात्तिक ४ : रामपुर नगरपालिका–८ स्थित कालीगण्डकीमा आज दुई शव फेला परेका छन्। भुजात सिद्धबाबा धाम र होस्दीमा शव फेला परेका हुन्। ...
कालीगण्डकी किनारमा दुई पुरुषको शव फेला

रामपुर, कात्तिक ४ : रामपुर नगरपालिका–८ स्थित कालीगण्डकीमा आज दुई शव फेला परेका छन्। भुजात सिद्धबाबा धाम र होस्दीमा शव फेला परेका हुन्।
     
भुजातमा अन्दाजी ४०/४५ वर्ष उमेरका र होस्दीमा ५०/५५ वर्ष उमेरका पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ। उनीहरुको हालसम्म नाम, थर, बतन खुल्न सकेको छैन। नदी किनारमा बगाइ ल्याइएको जस्तो देखिने सढेगलेको अवस्थामा शव फेला परेका हुन्। शव परीक्षणका लागि रामपुर अस्पतालमा राखिएको छ। 

प्रकाशित मिति: २१:१३ बजे, बिहीबार, कात्तिक ४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्