Kathmandu Press

बादलको संयोजत्वमा एमालेको दशौं महाधिवेशन चितवनमा

काठमाडौं, कात्तिक ४ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेले दसौं राष्ट्रिय महाधिवेशन गर्ने भएको छ। ललितपुरको तुल्सीलाल स्मृति प्रतिष्ठानमा आज बसेको स्थायी कमिटी बैठकले...
बादलको संयोजत्वमा एमालेको दशौं महाधिवेशन चितवनमा

काठमाडौं, कात्तिक ४ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेले दसौं राष्ट्रिय महाधिवेशन गर्ने भएको छ। 

ललितपुरको तुल्सीलाल स्मृति प्रतिष्ठानमा आज बसेको स्थायी कमिटी बैठकले राष्ट्रिय महाधिवेशन चितवनमा गर्ने निर्णय गरेको हो।

स्थायी कमिटी सदस्य रामबहादुर थापा ‘बादल’ को संयोजकत्वमा २१ सदस्यीय कमिटी गठन भएको छ।

त्यस्तै, यसअघि एमालेले कात्तिक ६ गते देशैभर वडा अधिवेशन गर्ने र कात्तिक ९ गते पालिका अधिवेशन गर्ने बताएको थियो।

एमालेको राष्ट्रिय महाधिवेशन मंसिर १० देखि १३ गतेसम्म हुनेछ।

प्रकाशित मिति: १९:५४ बजे, बिहीबार, कात्तिक ४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्