बैंकिङ कसूर मुद्दाका फरार प्रतिबादी पक्राउ
काठमाडौं, कात्तिक ४ : बैंकिङ कसूर मुद्दाका फरार प्रतिबादीलाई प्रहरीले पक्राउ गरेको छ। भक्तपुर सूर्यविनायक नगरपालिका ८ सिपाडोल बस्दै आएका ४५ वर्षीय रामनाथ...
काठमाडौं, कात्तिक ४ : बैंकिङ कसूर मुद्दाका फरार प्रतिबादीलाई प्रहरीले पक्राउ गरेको छ। भक्तपुर सूर्यविनायक नगरपालिका ८ सिपाडोल बस्दै आएका ४५ वर्षीय रामनाथ सिंहलाई बुधबार प्रहरीले पक्राउ गरेको हो।
उच्च अदालत पाटनको २०७७ माघ २० गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा ४ दिन कैद र ११ लाख रूपैयाँ जरिवाना भई फरार रहेका उनलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौं कमलपोखरीबाट पक्राउ गरेको हो।
सिंहले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको जानीजानी पीडितलाई झुक्यानमा पारी प्रभु बैंक लिमिटेड, शाखा कार्यालय भक्तपुरको चेक काटी दिएकोमा बैंकिङ कसूरजन्य अपराध ठहर भई उच्च अदालत पाटनबाट उक्त फैसला भएको हो।
उनलाई फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिएको उक्त व्यूरोले जनाएको छ।
प्रकाशित मिति: १८:२४ बजे, बिहीबार, कात्तिक ४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार



-1765194974.jpg)







-(86)-1764936079.jpg)
