Kathmandu Press

वाग्मती मुख्‍यमन्त्रीमा राजेन्द्र पाण्डेकाे नाम प्रस्तावित

काठमाडौं, कात्तिक ४ : वाग्मती प्रदेशमा नेकपा (एकीकृत समाजवादी) का मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता राजेन्द्र पाण्डेलाई प्रस्ताव गरिएको छ।आज (बिहीबार) प्रदेशसभा बैठकमा माओवादी...
वाग्मती मुख्‍यमन्त्रीमा राजेन्द्र पाण्डेकाे नाम प्रस्तावित

काठमाडौं, कात्तिक ४ : वाग्मती प्रदेशमा नेकपा (एकीकृत समाजवादी) का मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता राजेन्द्र पाण्डेलाई प्रस्ताव गरिएको छ।

आज (बिहीबार) प्रदेशसभा बैठकमा माओवादी केन्द्र संसदीय दलका नेता सालिकराम जम्मकट्टेलले विपक्षी गठबन्धनका तर्फबाट पाण्डेलाई मुख्यमन्त्रीमा प्रस्ताव गरेका हुन्।

आज मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिँदैछिन्। तर उनी प्रदेशसभामा अल्पमतमा छिन्। उनले विश्वासको मत नपाए नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्नेछ।

एकीकृत समाजवादीका नेता पाण्डेलाई माओवादी केन्द्र, कांग्रेस र जनता समाजवादी पार्टीको समर्थन छ।

प्रकाशित मिति: १७:२० बजे, बिहीबार, कात्तिक ४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्