Kathmandu Press

वाग्मतीमा कांग्रेस र एकीकृत समाजवादी आलोपालो मुख्यमन्त्री बन्ने सहमति

काठमाडौं, कात्तिक ४ : वाग्मती प्रदेशमा नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी) बीच आलोपालो प्रणालीमा सत्ता चलाउने सहमति भएको छ।वर्तमान मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको शाक्यको...
वाग्मतीमा कांग्रेस र एकीकृत समाजवादी आलोपालो मुख्यमन्त्री बन्ने सहमति

काठमाडौं, कात्तिक ४ : वाग्मती प्रदेशमा नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी) बीच आलोपालो प्रणालीमा सत्ता चलाउने सहमति भएको छ।

वर्तमान मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको शाक्यको बहिर्गमनलगत्तै एकीकृत समाजवादी संसदीय दलका नेता राजेन्द्र पाण्डे र आधा अवधि कांग्रेस संसदीय दलका नेता इन्द्र बानियाँ मुख्यमन्त्री बन्ने सहमति भएको हो।

यसअघि प्रदेश १ र वाग्मती प्रदेशको मुख्यमन्त्री एकीकृत समाजवादीलाई दिने सहमति भए आज नयाँ सहमति भएको बताइएको छ।

मुख्यमन्त्री शाक्यले विश्वासको मत लिने प्रस्ताव प्रदेश सभा बैठकमा टेबल गरिसकेकी छन्। उनी अल्पमतमा रहेकाले चाँडै उनको बहिर्गमन हुँदैछ।

प्रकाशित मिति: १७:०३ बजे, बिहीबार, कात्तिक ४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्