Kathmandu Press

एमालेको स्थायी कमिटी बैठक जारी, दसौं महाधिवेशनलगायत विषायमा छलफल हुँदै

काठमाडौं, कात्तिक ४ : एमालेको स्थायी कमिटी बैठक ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा सुरु भएको छ।आज (बिहीबार) को सो बैठकमा आसन्न दसौं महाधिवेशनबारे...
एमालेको स्थायी कमिटी बैठक जारी, दसौं महाधिवेशनलगायत विषायमा छलफल हुँदै

काठमाडौं, कात्तिक ४ : एमालेको स्थायी कमिटी बैठक ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा सुरु भएको छ।

आज (बिहीबार) को सो बैठकमा आसन्न दसौं महाधिवेशनबारे छलफल हुने जनाइएको छ। एमालेले यसअघि नै मंसिर १० देखि १२ सम्म दसौं महाधिवेशन गर्ने भनी मिति तय गरिसकेको छ।

दसौं महाधिवेशन बुटवलमा गर्ने भनी तय भए पनि स्थान परिवर्तनबारे पनि छलफल हुने बताइएको छ। महाधिवेशन चितवनमा गर्ने भनी  निर्णय हुन सक्ने पनि बताइएको छ।

महाधिवेशनका लागि गर्नुपर्ने तयारी, व्यवस्थापन र समसामयिक राजनीतिक विषयमा छलफल हुने पार्टी केन्द्रीय कार्यालयले जनाएको छ। 

गत असोज १५ देखि १७ सम्म सम्पन्न विधान महाधिवेशनको समीक्षा गर्दै कात्तिक ६ का लागि तोकिएको वडा अधिवेशन र कात्तिक ९ का लागि तय गरिएको पालिका अधिवेशनबारे पनि बैठकमा छलफल हुने बताइएको छ।

यस्तै हालैको बेमौसमी वर्षाका कारण भएको धनजनको क्षति, संसदमा जारी अवरोधलगायत अन्य समसामयिक विषयमा पनि छलफल हुने बताइएको छ।

प्रकाशित मिति: १६:२२ बजे, बिहीबार, कात्तिक ४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्