सिके राउत नेतृत्वको जनमत पार्टीका १३ कार्यकर्ता पक्राउ
धनुषा, कात्तिक ४ : खानेपानी संस्थान धनुषाका निमित्त प्रमुख राजेश कुशवाहालाई दुर्व्यवहार गरेको आरोपमा सिके राउत नेतृत्वको जनमत पार्टीका १३ कार्यकर्ता पक्राउ परेका छन्।नाला...
धनुषा, कात्तिक ४ : खानेपानी संस्थान धनुषाका निमित्त प्रमुख राजेश कुशवाहालाई दुर्व्यवहार गरेको आरोपमा सिके राउत नेतृत्वको जनमत पार्टीका १३ कार्यकर्ता पक्राउ परेका छन्।
नाला तथा ढल निर्माणमा अनियमितता गरेको भन्दै जनमत पार्टीका दर्जनौँ कार्यकर्ताले आज (बिहीबार) कुशवाहालाई दुर्व्यवहार गर्दै नगर परिक्रमा गराएका थिए।
जनकपुरधामको रामानन्द चोकस्थित खानेपानी संस्थानको कार्यालयमा लाठीसहित पुगेका उनीहरूले निमित्त प्रमुख कुशवाहालाई जबरजस्ती कार्यालयबाट बाहिर निकालेर कपडा च्यात्नुका साथै नालामा रहेको हिलो दलेर अर्धनग्न बनाई दुर्व्यवहार गरेका थिए।
पक्राउ परेका सबैलाई जिल्ला प्रहरी कार्यालय धनुषामा राखिएको जनाइएको छ। आफ्ना कार्यकर्तालाई पक्राउ गरेको र उनीहरूको तत्काल रिहा गर्नुपर्ने भन्दै अन्य नेता-कार्यकर्ता जिल्ला प्रहरी कार्यालय अगाडि धर्नामा बसेका छन्।
प्रकाशित मिति: १५:३४ बजे, बिहीबार, कात्तिक ४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार




-1757142095.jpg)




-1757142095.jpg)

