मकवानपुरमा पाँच किलो गाँजासहित दुई जना पक्राउ
काठमाडौं, कात्तिक ४ : प्रहरीले ५ किलो ३०० ग्राम लागुऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा मकवानपुर राक्सिराङ गाउँपालिका–५का ४८ वर्षीय प्रेमबहादुर...काठमाडौं, कात्तिक ४ : प्रहरीले ५ किलो ३०० ग्राम लागुऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा मकवानपुर राक्सिराङ गाउँपालिका–५का ४८ वर्षीय प्रेमबहादुर प्रजा र सोही गाउँपालिकाका २२ वर्षीय रविन्द्र प्रजा रहेका छन्।
उनीहरुलाई मंगलबार बिहान इलाका प्रहरी कार्यालय पशुपतीनगर मकवानपुरबाट खटिएको प्रहरी टोलीले पुर्व पश्चिम लोकमार्ग सडकखण्डबाट पक्राउ गरेको हो।
हेटौडा तर्फबाट बिरगंज तर्फ जाँदै गरेको ना १ ज १६७६ नं. को माईक्रो बसलाई रोकी चेकजाँच गर्दा उक्त माईक्रोमा सवार उनीहरुको साथबाट लागुऔषध गाँजा ५ किलो ३०० ग्राम बरामद गरेको छ।
पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुर प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: १४:४७ बजे, बिहीबार, कात्तिक ४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कर्णालीको विकासका लागि सहकार्य हुनुपर्नेमा मुख्यमन्त्रीको जोडशनिबार, मंसिर ८, २०८१
पोखरामा सामुदायिक विद्यालय पढाउने अभिभावकको निःशुल्क स्वास्थ्य बिमाशुक्रबार, मंसिर ७, २०८१
झापाबाट एघार करोडको चिया निर्यातशुक्रबार, मंसिर ७, २०८१
जटिल रोग लागेका बिरामीलाई लुम्बिनी प्रदेशको दुई लाख सहयोगशुक्रबार, मंसिर ७, २०८१