Kathmandu Press

अफगान महिला अधिकारका लागि सहयोग गर्न संयुक्त राष्ट्रसंघको आग्रह

संयुक्त राष्ट्रसंघ, कात्तिक ४ : संयुक्त राष्ट्रसंघले अफगानिस्तानमा महिला अधिकारका क्षेत्रमा सहयोग गर्न संयुक्त राष्ट्रसंघीय एकजना अधिकारी आग्रह गरेका छन् । उनले हाल...
अफगान महिला अधिकारका लागि सहयोग गर्न संयुक्त राष्ट्रसंघको आग्रह

संयुक्त राष्ट्रसंघ, कात्तिक ४ : संयुक्त राष्ट्रसंघले अफगानिस्तानमा महिला अधिकारका क्षेत्रमा सहयोग गर्न संयुक्त राष्ट्रसंघीय एकजना अधिकारी आग्रह गरेका छन् । उनले हाल अफगानिस्तानलाई सहयोग गरेका विभिन्न अन्तर्राष्ट्रिय सहयोग संस्थाहरुलाई पनि महिला अधिकारका क्षेत्रमा खर्च गर्न आग्रह गरेका हुन्।

अफगानिस्तानका लागि ‘युएन वुमन’ का उपप्रमुख एलिसन डेभिडियनले सो कुरा बताएका छन्। उनले भनेका छन्– अहिले अफगानिस्तानका महिलाको अवस्था निकै नै नाजुक रहेकाले विश्वका हाल अफगानिस्तानलाई सहयोग गरेका संघसंस्थाहरुले पनि यहाँ महिला अधिकार र उनीहरुको सशक्तिकरणका लागि सहयोग गर्नुपर्दछ।

Hardik ivf

उनले हाल केही समय यतादेखि अफगानिस्तानमा तालिबानी विद्रोहीहरुको सरकार रहेको भए पनि विश्वका कतिपय दाता राष्ट्र तथा संस्थाहरुले अफगानिस्तानलाई सहयोग गरिरहेका प्रसंग उल्लेख गर्दै सो सहयोग पनि यहाँका महिलाको उत्थानका लागि छुट्याउन आग्रह गरेका हुन्।

तालिबानीहरुले महिला अधिकारको सम्मान गर्न नसकेको भन्दै हाल अफगान सरकारसमक्ष महिलालाई पनि विद्यालय, विश्वविद्यालय जान दिन र अरु अधिकारकाबाट बञ्चित नगर्न विश्वका देशहरुले आग्रह गरिरहेका छन्।

 

प्रकाशित मिति: १४:३२ बजे, बिहीबार, कात्तिक ४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्