Kathmandu Press

बोलिभियामा भएको सवारी दुर्घटनामा १२ जनाको मृत्यु

लापाज,  कात्तिक ४ : बोलिभियाको लापाजमा सावरी दुर्घटनामा परी कम्तीमा पनि १२ जनाको मृत्यु भएको छ।सडकमा गुडिरहेका दुई सवारी साधन आपसमा ठोक्किँदा यो...
बोलिभियामा भएको सवारी दुर्घटनामा १२ जनाको मृत्यु

लापाज,  कात्तिक ४ : बोलिभियाको लापाजमा सावरी दुर्घटनामा परी कम्तीमा पनि १२ जनाको मृत्यु भएको छ।

सडकमा गुडिरहेका दुई सवारी साधन आपसमा ठोक्किँदा यो दुर्घटनामा भएको बताइएको छ। बोलिभियाको लापाजनजिकैको हाउनी नगरको सडकमा सो दुर्घटना भएको बताइएको छ।

Hardik ivf

दुर्घटनामा परी ज्यान जानेमा यहाँको खानीमा काम गर्ने मजदुरका तीन जना नेता पनि परेका छन्। मजदुरसम्बन्धी कार्यक्रममा पुगेर फर्किने क्रममा सो दुर्घटना भएको अधिकारीहरुले जनाएका छन्।

प्रहरीले दुई सवारी साधन एक आपसमा ठोक्किन पुग्दा सो दुर्घटना भएको बताएको छ । यसक्रममा अरु दुई जना नराम्ररी घाइते भएका छन् । घाइते भएकाहरुलाई अस्पताल पुर्याइएको छ ।

 

प्रकाशित मिति: १४:२२ बजे, बिहीबार, कात्तिक ४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्