Kathmandu Press

३ बजेलाई सारियो वाग्मती प्रदेशसभा बैठक, एमाले सांसद पनि उपस्थित हुने

हेटौंडा कात्तिक ४ : आज (बिहीबार) दिउँसो १ बजेका लागि बोलाइएको वाग्मती प्रदेशसभा बैठक दिउँसो ३ बजेका लागि सारिएको छ।प्रदेशसभा सचिवालयले सांसदहरुलाई एसएमएसमार्फत जानकारी...
३ बजेलाई सारियो वाग्मती प्रदेशसभा बैठक, एमाले सांसद पनि उपस्थित हुने

हेटौंडा कात्तिक ४ : आज (बिहीबार) दिउँसो १ बजेका लागि बोलाइएको वाग्मती प्रदेशसभा बैठक दिउँसो ३ बजेका लागि सारिएको छ।

प्रदेशसभा सचिवालयले सांसदहरुलाई एसएमएसमार्फत बैठक दुई घन्टा पछाडि सारिएको जानकारी दिएको हो।

एमालेका सांसदहरु आइनपुगेकाले बैठक सारिएको प्रदेशसभा सचिवालय स्रोतले जनाएको छ। एमालेले पार्टीको अधिवेशनका कारण समय दिन नसक्ने भन्दै बैठकलाई कात्तिक ११ गते बस्ने गरी सार्न अनुरोध गरेर प्रदेशसभाको सचिवालयमा पत्र नै पठाएको थियो।

तर सभामुखले बैठक राखेपछि एमालेले आफूहरु सहभागी नहुने बताएको थियो। तर एमाले सांसदहरु उपस्थित हुने भएपछि दुई घन्टा पछाडि सारेर बैठक गर्न लागिएको हो। 

आजको बैठकमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिने कार्यसूची छ।

प्रकाशित मिति: १३:५१ बजे, बिहीबार, कात्तिक ४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्