Kathmandu Press

सुनको मूल्य प्रतितोला ३०० ले बढ्यो

काठमाडौं, कात्तिक ४ : नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेर ९१ हजार ७०० रुपैयाँ कायम भएको छ।छापावाल सुन बुधबार प्रतितोला...
सुनको मूल्य प्रतितोला ३०० ले बढ्यो

काठमाडौं, कात्तिक ४ : नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेर ९१ हजार ७०० रुपैयाँ कायम भएको छ।

छापावाल सुन बुधबार प्रतितोला ९१ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तर्राष्ट्रिय बजार मूल्यका आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्ने गर्छ।

महासङ्घले सार्वजनिक गरेको तथ्यांकअनुसार आज तेजाबी सुन प्रतितोला ९१ हजार २०० रुपैयाँमा कारोबार हुनेछ। बुधबार प्रतितोला ९० हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।

महासङ्घका अनुसार चाँदीको मूल्य बुधबारको तुलनामा प्रतितोला २५ रुपैयाँले बढेर आज एक हजार २६० रुपैयाँ पुगेको छ। चाँदी बुधबार प्रतितोला एक हजार २३५ रुपैयाँमा कारोबार भएको थियो।

 

प्रकाशित मिति: ११:५५ बजे, बिहीबार, कात्तिक ४, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्