आज एमाले स्थायी कमिटी बैठक बस्दै
काठमाडौं, कात्तिक ४ : आज नेकपा (एमाले) को स्थायी कमिटी बैठक बस्न लागेको छ।अध्यक्ष केपी शर्मा ओलीले ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा आज...
काठमाडौं, कात्तिक ४ : आज नेकपा (एमाले) को स्थायी कमिटी बैठक बस्न लागेको छ।
अध्यक्ष केपी शर्मा ओलीले ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा आज अपरान्ह ३ बजे बैठक बोलाएका छन्। विधान महाधिवेशनको समीक्षा लगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको एमालेका कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए।
उनका अनुसार आजको बैठकमा विधान महाधिवेशनको समीक्षा तथा वडा र स्थानीय तहको अधिवेशनलगायत विषयमा छलफल हुनेछ। त्यतसै, राष्ट्रिय महाधिवेशनको विषय प्रवेश र हालैको अविरल वर्षाले भएका जनधनको क्षतिबारे पनि बैकठमा छलफल हुनेछ।
एमालेको वडा अधिवेशन कात्तिक ६ गते र स्थानीय तहको अधिवेशन कात्तिक ९ गते तोकिएको छ। राष्ट्रिय महाविधेशन भने मंसिर १० देखि १३ गतेसम्म काठमाडौंमा हुने तय गरिएको छ।
प्रकाशित मिति: ०७:५० बजे, बिहीबार, कात्तिक ४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार




-1757142095.jpg)




-1757142095.jpg)

