Kathmandu Press

बाढी पहिरोबाट मृत्यु भएका परिवारलाई दुई लाख रुपैयाँ राहत दिने सरकारको निर्णय

बेमौसमी वर्षाका कारण देशभर आएको बाढी पहिरोबाट मृत्यु भएका परिवारलाई प्रतिपरिवार एकजनाको मृत्यु भएको भए दुई लाख र त्यसभन्दा बढीको मृत्यु भए प्रतिमृतक एक लाखका दरले थप सहयोग गर्ने निर्णय गरेको छ।
बाढी पहिरोबाट मृत्यु भएका परिवारलाई दुई लाख रुपैयाँ राहत दिने सरकारको निर्णय

काठमाडौं, कात्तिक २ : बेमौसमी वर्षाका कारण देशभर आएको बाढी पहिरोबाट मृत्यु भएका परिवारलाई प्रतिपरिवार एकजनाको मृत्यु भएको भए दुई लाख र त्यसभन्दा बढीको मृत्यु भए प्रतिमृतक एक लाखका दरले थप सहयोग गर्ने निर्णय गरेको छ ।

घर, खाद्यान्नसमेत नष्ट भई अलपत्र परेका पाँचजनाको परिवारलाई जनही १५ हजार र त्यसभन्दा बढी सदस्य रहेका परिवारलाई जनही २० हजार रुपैयाँका दरले राहत उपलब्ध गराउने निर्णय पनि बुधबारको मन्त्रिपरिषद् बैठकले गरेको छ ।

घाइतेको उपचारको सबै व्यवस्था सरकारले मिलाउने भएको छ । विपदबाट भएको क्षतिको आकलन गरी सबै मन्त्रालयले यथाशीघ्र प्रतिवेदन पेश गर्ने निर्णय पनि मन्त्रिपरिषदको छ ।

सडकलगायत महत्त्वपूर्ण संरचना तत्काल मर्मत गरी सञ्चालनमा ल्याउने निर्णय पनि सरकारले गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र कार्कीले जानकारी दिए ।
 

प्रकाशित मिति: १७:५३ बजे, बुधबार, कात्तिक ३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्