आफूहरुले चाहे एक साताभित्रै सरकार ढाल्न सक्छाैं : ओली
काठमाडौं, कात्तिक ३ : प्रमुख प्रतिपक्षी दलसमेत रहेको एमालेका अध्यक्ष केपी ओलीले आफूहरुले चाहे एक साताभित्रै सरकार ढाल्न सक्ने दाबी गरेका छन्।आज (बुधबार) काठमाडौंमा...काठमाडौं, कात्तिक ३ : प्रमुख प्रतिपक्षी दलसमेत रहेको एमालेका अध्यक्ष केपी ओलीले आफूहरुले चाहे एक साताभित्रै सरकार ढाल्न सक्ने दाबी गरेका छन्।
आज (बुधबार) काठमाडौंमा आयोजित एमाले बागमती प्रदेश अधिवेशन आयोजक कमिटीको प्रथम बैठकमा बोल्दै उनले आफूहरुको लक्ष्य तत्काल सरकार ढाल्ने नरहेको उल्लेख गरे।
‘अहिले पनि यो सरकार ढाल्दिउँ भन्ने हो भने धेरै त नभनौं, एक हप्ताभित्र यो सरकार जान्छ। यस्तै यस्तै साँठगाँठ गर्ने हो भने त हामी सात दिनभित्र ढालिदिन्छौं,’ उनले भने, ‘लोभी पापीहरु छन्, दिए भइगो नि, ढलिहाल्छ नि! अरुले भन्दा हामी दिन सक्छौं।’
अध्यक्ष ओलीले आफ्नो पार्टीले जति अरूले दिन नसक्ने जिसिर पनि गरे। ‘प्रचण्ड मिलाउन ४० प्रतिशत ढ्याक्कै। अरुले त्यो गर्न सक्छ ? कांग्रेसले माधवलाई ४० प्रतिशत देओस त? प्रचण्डलाई देओस् त ४० प्रतिशत। सक्दैन।’
उनले देश बनाउने निश्चित भएपछि मात्रै एमाले सरकारमा जाने बताए। ‘हाम्रो अभिष्ट सरकार बनाउने होईन। हामी देश बनाउन जित्ने कुरा गरिराखेका छौं,’ उनले भने, ‘हामी सरकार बनाउने कुरा गरिराखेका छौं। देश बन्ने निश्चित गरेर मात्रै हामी सरकार बनाउँछौं।’




-1757142095.jpg)




-1757142095.jpg)

