Kathmandu Press

नवदुर्गा देवगणलाई राँगाेकाे रगत चढाएर दसैं विसर्जन

भक्तपुर, कात्तिक ३ : विजयादशमीको दिन महिषासुर दैत्यको प्रतीकका रूपमा खःमेय (राँगो) लाई नवदुर्गा मन्दिरबाट लखेट्दै ब्रह्मायनी मन्दिर लगेर बध गरी जम्मा गरिएको...
नवदुर्गा देवगणलाई राँगाेकाे रगत चढाएर दसैं विसर्जन

भक्तपुर, कात्तिक ३ : विजयादशमीको दिन महिषासुर दैत्यको प्रतीकका रूपमा खःमेय (राँगो) लाई नवदुर्गा मन्दिरबाट लखेट्दै ब्रह्मायनी मन्दिर लगेर बध गरी जम्मा गरिएको रगत आज (बुधबार) यहाँ नवदुर्गा देवगणलाई चढाएर दसैं विसर्जन गरिएको छ।

खःमेयको बध गरी ब्रह्मायणी लगायतका देवीदेवतालाई चढाएर बाँकी रहेको रगत भैलकोचा (माटोको घ्याम्पो) मा जम्मा गरिएको थियो।

सङ्कलित रगत आज कोजाग्रत पूर्णिमाको दिन सबै नवदुर्गा देवगणलाई चढाएपछि दसैँ विसर्जन गरिएको नवदुर्गा जात्रा व्यवस्थापन समितिका सचिव रत्नमान वनमालाले जानकारी दिए। 

प्रकाशित मिति: १६:५४ बजे, बुधबार, कात्तिक ३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्