बाढी पहिरो पीडितलाई राहत र क्षतिपूर्ति दिने निर्णय
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको बैठकले बाढी पहिरो पीडितलाई क्षतिपूर्ति दिने निर्णय गरेको छ ।
काठमाडौं, कात्तिक २ : विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको बैठकले बाढी पहिरो पीडितलाई क्षतिपूर्ति दिने निर्णय गरेको छ ।
मन्त्रिपरिषद् बैठक सुरु हुनुअघि सम्पन्न परिषदको बैठकले यस्तो निर्णय गरेको हो ।
केही दिनयताको अविरल वर्षाका कारण ४८ जनाको मृत्यु भइसकेको छ भने ३१ जना बेपत्ता छन् । यस्तै, भित्र्याउने तयारीमा रहेको धानलगायत बाली वर्षा, बाढी र पहिरोले नष्ट बनाएका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बुधबार बसेको परिषद बैठकले अविरल वर्षाका कारण देशका विभिन्न क्षेत्रमा गएको बाढी, पहिरो र डुबानबाट पीडित परिवारको उद्धार, राहत र क्षतिपूर्ति दिने निर्णय गरेको हो ।
प्रकाशित मिति: १५:५८ बजे, बुधबार, कात्तिक ३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार




-1757142095.jpg)






