पहिरोमा परी बझाङमा चारजनाको मृत्यु
बझाङ, कात्तिक ३ : आइतबार साँझदेखिको अविरल वर्षाका कारण बझाङको खप्तडछान्ना गाउँपालिकामा आएको पहिरामा परी चारजनाको मृत्यु भएको छ। घरभन्दा माथिबाट पहिरा खसेर घर पुरिँदा...
बझाङ, कात्तिक ३ : आइतबार साँझदेखिको अविरल वर्षाका कारण बझाङको खप्तडछान्ना गाउँपालिकामा आएको पहिरामा परी चारजनाको मृत्यु भएको छ।
घरभन्दा माथिबाट पहिरा खसेर घर पुरिँदा खप्तडछान्ना गाउँपालिकाको माझीगाउँ र कालुखेतीका दुईदुईजनाको मृत्यु भएको हो।
मृत्यु हुनेमा वडा ४ माझीगाउँका अन्दाजी ४५ वर्षीय धर्मराज रोकाया र ४१ वर्षीया उनकी पत्नी छन्। त्यस्तै वडा ५ कालुखेतीका अन्दाजी ४७ वर्षीय विरु गिरी र उनकी ४५ वर्षीया श्रीमती चन्द्रा गिरीको पनि पहिरामा परी मृत्यु भएको प्रहरीले जनाएको छ।
पहिराले घर भत्काएपछि च्यापिएर मृत्यु भएको खबर आएको र छान्ना प्रहरी चौकीबाट प्रहरी टोली घटनास्थलतर्फ खटाइएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब उपरीक्षक रुपक खड्काले बताए।
प्रकाशित मिति: १५:२७ बजे, बुधबार, कात्तिक ३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार




-1757142095.jpg)






