मन्त्रिपरिषद् बैठक बस्दै, विपदपछिको उद्धार र राहतबारे निर्णय हुने
प्रधानमन्त्रीको सचिवालयका अनुसार केही दिनयताको भारी वर्षात् र त्यसका कारण आएको बाढी पहिरोमा भएको जनधनको क्षति न्यूनीकरणबारे बैठकमा छलफल हुनेछ ।
काठमाडौं, कात्तिक २ : केहीबेरमा मन्त्रिपरिषद् बैठक सुरु हुँदैछ ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार केही दिनयताको भारी वर्षात् र त्यसका कारण आएको बाढी पहिरोमा भएको जनधनको क्षति न्यूनीकरणबारे बैठकमा छलफल हुनेछ ।
मन्त्रिपरिषद् बैठकअघि राष्ट्रिय विपद् व्यवस्थापन राष्ट्रिय परिषदको बैठक सम्पन्न भएको छ । परिषदको बैठकमा भएको छलफलबाट निस्केको निष्कर्षमा टेकेर मन्त्रिपरिषदले बाढी पहिरो पीडितलाई राहतलगायत निर्णय गर्ने सम्भावना छ ।
प्रकाशित मिति: १५:२२ बजे, बुधबार, कात्तिक ३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार

-1757142095.jpg)