Kathmandu Press

कोसीमा पानीको बहाव बढ्दै

राजविराज, कात्तिक ३ : तीन दिनदेखि लगातारको वर्षाका कारण सप्तकोसी नदीमा पानीको सतह बढ्दो क्रममा रहेको छ। सप्तरी र सुनसरी दुई जिल्ला जोडिने कोसी नदीमा...
कोसीमा पानीको बहाव बढ्दै

राजविराज, कात्तिक ३ : तीन दिनदेखि लगातारको वर्षाका कारण सप्तकोसी नदीमा पानीको सतह बढ्दो क्रममा रहेको छ। 

सप्तरी र सुनसरी दुई जिल्ला जोडिने कोसी नदीमा लगातार परेको भारी वर्षाका कारण पानीको सतह बढ्दो क्रममा रहेको कोसी ब्यारेजले जनाएको छ। 

आज (बुधबार) बिहान १० बजे गरिएको मापनअनुसार कोसी ब्यारेजमा दुई लाख ६१ हजार क्युसेक पानीको बहाव रहेको ब्यारेजस्थित नियन्त्रण कक्षले जनाएको छ।

पूर्वी पहाडी जिल्लामा लगातार वर्षा भइरहेकाले अझै पानीको बहाव बढ्ने क्रममा नै रहेको कोसी ब्यारेज प्रशासनले जनाएको छ। नदीको पानीलाई निकास दिन ब्यारेजका ५६ मध्ये ४२ वटा ढोका खोलिएका छन्।

पानीको बहाव बढेपछि आवश्यकताअनुसार थप ढोका खुला गरिने ब्यारेज प्रशासनले जनाएको छ। पहाडी क्षेत्रका साथै तराईमा पनि अत्यधिक वर्षा भइरहेकाले कोसीमा पानीको बहाव उच्च देखिएको छ। नदीमा पानीको बहाव उच्च भएर जोखिम बढेपछि सतर्कता सूचक रातो बत्ती बालिएको छ।

यसैबीच जिल्ला प्रशासन कार्यालयले नदीको तटीय क्षेत्र र आसपासका बासिन्दालाई सतर्क रहन र सम्भावित जोखिमलाई ध्यानमा राख्दै उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। 

प्रकाशित मिति: १५:१५ बजे, बुधबार, कात्तिक ३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्