Kathmandu Press

बाढीपहिरो पीडितलाई सहयोग गर्न उपराष्ट्रपतिको ध्यानाकर्षण

काठमाडौं, कात्तिक ३ : उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले अनपेक्षित वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढीपहिरो प्रभावितको सहयोग गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।उपराष्ट्रपति...
बाढीपहिरो पीडितलाई सहयोग गर्न उपराष्ट्रपतिको ध्यानाकर्षण

काठमाडौं, कात्तिक ३ : उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले अनपेक्षित वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढीपहिरो प्रभावितको सहयोग गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।

उपराष्ट्रपति पुनले आज जारी गरेको वक्तव्यमा बाढीपहिराका कारण जीवन गुमाएका परिवारलाई उचित सहायता, घरबारविहीनका लागि घर निर्माणमा सहयोग गर्न भनिएको छ । वक्तव्यमा भनिएको छ, ‘म बाढीपहिराका कारण जीवन गुमाउनुभएका परिवारका लागि उचित सहायताको व्यवस्था गर्न, अभिभावक गुमाएका बालबालिकाको शिक्षा लगायतको जिम्मेवारी लिन, घरविहीन भएकाहरुको घर निर्माणमा सहयोग गर्न सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’

देशभर बाढीपहिरामा परी बेपत्ता भएकाको अवस्थाका बारेमा आफू अत्यन्तै चिन्तित भएको तथा बाढीपहिरो प्रभावितको खोजमा सङ्घीय, प्रदेश र स्थानीय सरकारले गरिरहेका प्रयास अझै प्रभावकारी बन्ने विश्वास लिएको उनले उल्लेख गरेका छन्। ‘बाढी पहिराको जोखिममा रहनुभएकाहरुको उद्धार र सुरक्षित स्थानमा स्थानान्तरणका लागि भइरहेको कार्यलाई तीव्र बनाउन ध्यानाकर्षण गराउँदछु,’ वक्तव्यमा भनिएको छ, ‘विस्थापितहरुका लागि पर्याप्त राहत र घाइतेहरुको उचित उपचारका लागि सरकारले प्रभावकारी काम गर्ने अपेक्षा लिएको छु ।’

बेमौसी वर्षाबाट ठूलो मानवीय तथा भौतिक क्षति भएको, सयौँ परिवार विस्थापित हुनुपरेको घटनाप्रति उपराष्ट्रपति पुनले गहिरो दुःख व्यक्त गरेका छ। बाढीपहिराका कारण ज्यान गुमाएका सबैमा श्रद्धाञ्जलि तथा परिवारजनमा समवेदना व्यक्त गर्दै घाइतेहरुको स्वास्थ्यलाभको कामना गरेका छन्।  

यसैबीच, सभामुख अग्निप्रसाद सापकोटाले लगातारको वर्षाले सुदूरपश्चिम प्रदेशलगायत देशका विभिन्न स्थानमा बाढी र पहिराका कारण भएको क्षतिप्रति दुःख व्यक्त गर्दै उद्धार, राहत र पुनर्स्थापनामा जुट्न सबैलाई आग्रह गरेका छन्।

सभामुख सापकोटाले आज जारी गर्नुभएको वक्तव्यमा विपद्का बेलामा संयुक्त पहल  र प्रत्यन्त गर्न आग्रह गरेका छन्। उनले बाढीपहिराका कारण ठूलो धनजनको क्षति भएको घटनाले आफू मर्माहत भएको बताएका छन्।

प्रकाशित मिति: १३:४६ बजे, बुधबार, कात्तिक ३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्