Kathmandu Press

भारतको उत्तराखण्डमा पनि वर्षा र बाढी, १६ जनाको मृत्यु

नयाँ दिल्ली, कात्तिक ३ : भारतको उत्तराखण्डमा पनि वर्षा र बाढीको प्रकोप बढेको छ।सो बाढीमा परी कम्तीमा पनि १६ जनाको ज्यान गएको छ। उता...
भारतको उत्तराखण्डमा पनि वर्षा र बाढी, १६ जनाको मृत्यु

नयाँ दिल्ली, कात्तिक ३ : भारतको उत्तराखण्डमा पनि वर्षा र बाढीको प्रकोप बढेको छ।

सो बाढीमा परी कम्तीमा पनि १६ जनाको ज्यान गएको छ। उता भारतको दक्षिणी राज्य केरलामा हालै आएको बाढीबाट दर्जनौं व्यक्तिको ज्यान गएको बताइएको थियो। योसँगै यता उत्तराखण्डमा पनि अविरल वर्षा र बाढी आएको बताइएको छ। 

यहाँका अधिकारीहरुले मगलबारसम्म उत्तराखण्डका विभिन्न स्थानमा परेको अविरल वर्षा र त्यसपछिको बाढीले कम्तीमा पनि १६ जनाको ज्यान गएको बताएका छन्।्

यहाँका मौसमसम्बन्धी विज्ञहरुले उत्तराखण्डमा वर्षा जारी रहेको बताएका छन्। साथै उनीहरुले सतर्क रहन पनि सबैलाई सचेत गराएका छन्।

प्रकाशित मिति: १३:४२ बजे, बुधबार, कात्तिक ३, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्