बाढीपहिरोपीडितको उद्धार, राहत र उपचार व्यवस्थापन गर्न प्रचण्डकाे आग्रह
काठमाडौं, कात्तिक ३ : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाढीपहिरोपीडितको उद्धारर, राहत र उपचारको व्यवस्थापन गर्न सरकारसँग अनुरोध गरेको छ। आज (बुधबार) एक विज्ञप्ति...
काठमाडौं, कात्तिक ३ : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाढीपहिरोपीडितको उद्धारर, राहत र उपचारको व्यवस्थापन गर्न सरकारसँग अनुरोध गरेको छ।
आज (बुधबार) एक विज्ञप्ति जारी गरेर उनले भनेका छन्, ‘बाढीपहिरोमा फँसेकाहरुको उद्धार र राहत, घाइतेहरुको निःशुल्क स्वास्थ्योपचार, बिचल्लीमा परेका नागरिकहरुको खानपान र बसोबासको व्यवस्था मिलाउन म सरकारसँग विशेष अनुरोध गर्दछु।’
बाढी र पहिरोबाट सबैभन्दा बढी मारमा परेका किसानहरुलाई कृषि सहायता कोष खडा गरी राहत र क्षतिपुर्ति दिलाउन पनि उनले सरकारसँग जोडदार माग गरेका छन्।
‘पछिल्ला तीन दिनदेखि देशभर परेको अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानमा परी प्रदेश १, सुदूरपश्चिम प्रदेशलगायत देशका विभिन्न भागहरुमा ३० जनाभन्दा बढी नागरिकको ज्यान गएको छ,’ विज्ञिप्तिमा उल्लेख छ, ‘त्यसैगरि यस प्राकृतिक विपदमा परी झण्डै तीन दर्जनभन्दा बढी नागरिक सम्पर्कविहीन भएका छन्। धानबाली थन्काउने बेलामा आएको अबिरल वर्षाका कारण किसानका धान लगायतका बालीनालीको ठूलो क्षति भएको छ।’
उनले विपदमा ज्यान गुमाएकाहरूमा हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना पनि प्रकट गरेका छन्। उनले बाढीपहिरोमा परी बेपत्ता भएकाहरुको यथाशीघ्र खोजीका लागि सबै पक्षसँग आग्रह पनि गरेका छन्।
‘बाढीपहिरोमा परी बेपत्ता भएकाहरुको यथाशीघ्र खोजीका लागि स्थानीय, प्रदेश र संघका सुरक्षा लगायत सबै सरकारी निकायहरु, स्थानीय स्वयंसेवी, विभिन्न संघसंस्था, व्यक्ति, युवा र हाम्रो पार्टीका नेता तथा कार्यकर्ताहरुमा विशेष आग्रह गर्दछु,’ विज्ञिप्तिमा उल्लेख छ।




-1757142095.jpg)






