Kathmandu Press

बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं, कात्तिक ३ : नेपाली बजारमा आज सुनको मूल्य तोलामा १०० रुपैयाँले बढेको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला...
बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं, कात्तिक ३ : नेपाली बजारमा आज सुनको मूल्य तोलामा १०० रुपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ४०० रुपैयाँ तोकिएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा १०० रुपैयाँले बढी हो।

यसअघि नेपाली बजारमा छापावाल सुन प्रतितोला ९१ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, आज चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँले बढेको छ। यसअघि एक हजार २२५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज प्रतितोला एक हजार २३५ रुपैयाँ पुगेको छ।

प्रकाशित मिति: ११:१२ बजे, बुधबार, कात्तिक ३, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्