Kathmandu Press

सुनसरी खोलाकाे बाढीले इनरुवा सब स्टेसन डुबानमा, उपकरणमा क्षति

काठमाडौं, कात्तिक ३ : अविरल वर्षासँगै सुनसरी खोलामा आएको बाढीका कारण सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा निर्माणाधीन ४०० केभी र २२०/१३२/३३ केभी इनरुवा सब...
सुनसरी खोलाकाे बाढीले इनरुवा सब स्टेसन डुबानमा, उपकरणमा क्षति

काठमाडौं, कात्तिक ३ : अविरल वर्षासँगै सुनसरी खोलामा आएको बाढीका कारण सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा निर्माणाधीन ४०० केभी र २२०/१३२/३३ केभी इनरुवा सब स्टेसन डुबानमा परेको छ ।

आगामी पुसभित्र (डिसेम्बर २०२१) निर्माण सम्पन्न गरी संचालन गर्ने (चार्ज)लक्ष्यका साथ दुवै सबस्टेसनको काम भइरहेको थियो।

बाढीले सब स्टेसनको कम्पाउण्डवाल बगाएको छ। जडानका लागि राखिएका उपकरणहरू डुबेका छन्। बाढीले केही उपकरणहरू बगाएको र कार्यालय भवनसमेत डुबानमा परेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार अहिले सबस्टेसनभित्र खोला बगिरहेकोले क्षति पुर्‍याइरहेको छ, सब स्टेसन तालमा परिणत भएकाले त्यहाँ जान सक्ने अवस्था छैन । त्यहाँ रहेका कर्मचारी र श्रमिकहरूलाई सुरक्षाकर्मीको सहयोगमा डुंगामार्फत सुरक्षित स्थानमा सारिएको बताइएको छ ।

४०० केभी र २२०र१३२/३३ केभी सब स्टेसनका अधिकांश सिभिल संरचनाको निर्माण सम्पन्न भइसकेको छ। साथै ट्रान्सफर्मर,रियाक्टर सर्किट ब्रेकरजस्ता मुख्य उपकरणहरू निर्माण स्थलमा ल्याइसकिएको थियो। बाढीका कारण सबै डुबानमा परेकाले उपकरणहरूमा क्षति पुगेको छ। 

प्रकाशित मिति: ०९:३५ बजे, बुधबार, कात्तिक ३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्