Kathmandu Press

बाढी पसेर विराटनगर विमानस्थल बन्द, धमाधम उडान रद्ध गर्दै एयरलाइन्स

लगातारको वर्षाले केसलिया खोलामा आएको बाढी विराटनगर विमानस्थलमा पसेको छ। बाढी पसेपछि विराटनगर विमानस्थल बन्द गरिएको छ।
बाढी पसेर विराटनगर विमानस्थल बन्द, धमाधम उडान रद्ध गर्दै एयरलाइन्स

काठमाडौं, कात्तिक ३ : लगातारको वर्षाले केसलिया खोलामा आएको बाढी विराटनगर विमानस्थलमा पसेको छ। बाढी पसेपछि विराटनगर विमानस्थल बन्द गरिएको छ।

विमानस्थलका प्रमुख उत्सव खरेलका अनुसार केसलिया खोलाको बाढीले रनवे र पार्किङ एरिया भरिएको छ। जसले गर्दा उडान प्रभावित भएको उनले बताए।

विराटनगर विमानस्थल बन्द भएपछि एयरलाइन्सहरुले उडान बन्द गर्न थालेका छन्। बुद्ध एयरले एक सूचना जारी गरि काठमाडौं विराटनगरका आजका सबै उडान रद्द गरिएको जनाएको छ।

 

प्रकाशित मिति: ०८:५६ बजे, बुधबार, कात्तिक ३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्