वाढी प्रभावित किसानलाई राहत प्याकेज घोषणा गर्न सरकारसमक्ष प्रतिपक्षी एमालेको माग
काठमाडौं, कात्तिक २ : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले वाढीबाट प्रभावितहरुलाई राहत प्याकेज घोषणा गर्न सरकारसँग माग गरेको छ ।एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले...
काठमाडौं, कात्तिक २ : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले वाढीबाट प्रभावितहरुलाई राहत प्याकेज घोषणा गर्न सरकारसँग माग गरेको छ ।
एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले एक वक्तव्य जारी गर्दै बेमौसमी वर्षाका कारण पुग्न गएको जनधनको ठूलो क्षतिप्रति गहिरो दुःख र चिन्ता व्यक्त गर्दै वर्षाका कारण भित्र्याउन ठिक्क परेको धानबाली सखाप हुँदा असह्य पीडामा परेका किसान परिवारलाई सम्बोधन गरी तुरुन्त राहत प्याकेज घोषणा गर्न सरकारसँग माग गरेका हुन् ।
यस्तै वर्षाका कारण ज्यान गुमाउनेहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै वर्षाका कारण ठूलो नोक्सानी व्यहोर्न बाध्य किसान दाजुभाइहरूको पीडाप्रति समानुभूति समेत व्यक्त गरेको छ ।
यस्तै वाढीका कारण सडक अवरुद्ध हुँदा यातायात लगायत सेवाहरू तत्काल सञ्चालन गर्न, बाढीमा फसेका व्यक्तिहरु र संकटमा परेका पर्यटकहरुको तत्काल उद्धार गर्न ध्यानाकर्षण गर्दछ ।
मौसम पूर्वानुमानको प्रभावकारी व्यवस्था गर्न, किसान लगायत आम नेपालीहरूले अप्रत्यासित रुपमा आउने यस्ता विपत्तिहरूको पूर्व जानकारी पाउने व्यवस्था सुनिश्चित गर्न पनि सरकारसँग माग गरेको छ ।




-1757142095.jpg)






