Kathmandu Press

गृहमन्त्री खाणद्वारा प्रदेश २ को दुई दिने भ्रमण स्थगित

काठमाडौ, कात्तिक २ : गृहमन्त्री बालकृष्ण खाणले बुधबारबाट प्रदेश २ का तीन जिल्लामा गर्ने तय भएको दुई दिने भ्रमण कार्यक्रम स्थगित गरेका छन्...
गृहमन्त्री खाणद्वारा प्रदेश २ को दुई दिने भ्रमण स्थगित

काठमाडौ, कात्तिक २ : गृहमन्त्री बालकृष्ण खाणले बुधबारबाट प्रदेश २ का तीन जिल्लामा गर्ने तय भएको दुई दिने भ्रमण कार्यक्रम स्थगित गरेका छन् । 

सुदूरपश्चिमलगायत मुलुकका विभिन्न स्थानमा लगातारको वर्षातपछि गएको बाढी पहिरो र भएको डुबानबाट पीडितको उद्धार, राहत तथा पीडितलाई सुरक्षित स्थानमा सार्ने लगायत काममा व्यस्त हुनुपर्ने भएपछि उनले भ्रमण स्थगित गरेका हुन् । उनले स्थगित गरिएको भ्रमण कार्यक्रम मौसम अनुकुल भएपछि पछि तय गर्ने जानकारी गराउनु भएको छ ।

उनी बुधबार र बिहीबार गरी प्रदेश-२ का धनुषा, महोत्तरी र सर्लाहीमा आयोजना हुने विभिन्न कार्यक्रममा सहभागी हुने कार्यक्रम तय भएको थियो । गृहमन्त्री खाणले बुधबार जिल्ला प्रशासन कार्यालय सर्लाहीको मलङवामा निर्मित भवन शिलान्यास गर्ने, जिल्लाका कार्यालय प्रमुखहरूलाई निर्देशन दिने तथा पार्टी कार्यकर्तासँग भेटघाटको कार्यक्रम तय भएको थियो ।

त्यस्तै बिहीबार प्रदेश-२ को सुरक्षासम्बन्धी बैठकमा सहभागी हुने, जानकी मन्दिरको दर्शन गर्ने र कार्यकर्ता भेटघाट गर्ने कार्यक्रम तय भएको थिए । 

प्रकाशित मिति: १८:२८ बजे, मंगलबार, कात्तिक २, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्