Kathmandu Press

६३ करोड अमेरिकी डलर लगानी आउँदो असारदेखि कार्यान्वयनमा आउने

काठमाडौं, साउन २३ : आगामी असार १६ देखि ६३ करोड अमेरिकन डलर लगानी कार्यान्वयनमा आउने भएको छ।  

नेपाल र अमेरिकी सरकारका तर्फबाट मिले....

६३ करोड अमेरिकी डलर लगानी आउँदो असारदेखि कार्यान्वयनमा आउने

काठमाडौं, साउन २३ : आगामी असार १६ देखि ६३ करोड अमेरिकन डलर लगानी कार्यान्वयनमा आउने भएको छ।  

नेपाल र अमेरिकी सरकारका तर्फबाट मिलेनियम च्यालेञ्ज कर्पोरेशनबीच भएको सम्झौताको कार्यान्वयन आगामी २०७७ असार १६ गतेबाट सुरु हुने भएको हो।

नेपालमा प्रशारण लाइन र सडक मर्मतको क्षेत्रमा काम गर्ने सम्झौता गरेको एमसीएले नेपाललाई ५० अर्ब रुपैयाँ अनुदान दिएको छ भने नेपालले १३ अर्ब रुपैयाँ उक्त कोषमा राखेको छ। यसका लागि अर्थ मन्त्रालय र अमेरिकी सरकारको प्रतिनिधिका रुपमा मेलिनियम च्यालेञ्ज कर्पोरेसनबीच २०७४ भदौमा सम्झौता भएको थियो।

बिहीबार आयोजित पत्रकार सम्मेलनमा उक्त रकमले दुई वटा आयोजनामा लगानी हुने एमसीए नेपालका कार्यकारी अध्यक्ष खड्कबहादुर विष्टले जानकारी दिए। आयोजनामा चार सय केभी क्षमताको ३१८ किलोमिटर लामो प्रशारण लाइन र तीन वटा उच्च क्षमतायुक्त सव–स्टेशन निर्माण हुनेछ।

यस्तै, तीन सय किमी रणनीतिक सडकको मर्मत सम्भार कार्यमा खर्च हुनेछ। आगामी असार १६ मा सुरु भएर सन् २०८२ असारमा काम सम्पन्न हुनेछ। पाँच वर्षभित्र आयोजना सम्पन्न नभए रकम फिर्ता जाने प्रावधान भएकाले काम सुरु गरेर निर्धारण गरेकै समयमा सम्पन्न गर्ने लक्ष्य राखिएको अध्यक्ष खड्काले बताए।

अमेरिकी कंग्रेसले सन् २००४ मा संसदबाट पास गरेर कार्यान्वयन सुरु गरेको थियो। एमसीए कार्यक्रम विश्वका २४ देशमा सुरु गरिएको छ। पछिल्लो समय नेपालका लागि अमेरिकी सहयोग सबैभन्दा ठूलो हो।

कम्प्याक्ट सम्झौता कार्यान्वयमा लैजानु अघि नै सरकारसामू ६ वटा शर्त राखिएको छ। जसमा विद्युत नियमन आयोगको गठनका लागि कानूनी बाटो खुलाउनु पर्ने, कम्प्याक्ट सम्झौताको संसदीय अनुमोदन हुनुपर्ने, बुटवलबाट भारतको गोरखपुरसम्म सीमाबाट प्रशारण लाइन निर्माणका लागि योजना बनाउनु पर्ने लगायत रहेका छन्। 

प्रकाशित मिति: १८:४६ बजे, बिहीबार, साउन २३, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्